‘स्मार्ट अन्न’ कोदो 


परम्परागत रूपमा कोदो ढिँडो, रोटी, रक्सी र पशु आहारमा प्रयोग हुने गरेको पाइन्छ । कोदोको ढिँडो कडा परिश्रम गर्ने श्रमजीवीका लागि परापूर्वकालदेखि उपयुक्त पौष्टिक आहारको रूपमा लिइँदै आइएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–५ की दिलकुमारी लामा धनकुटाबाट सानैमा बिहे गरेर मकवानपुरमा आइन् । बिहे गरेर आएपछि लामाको मुख्य पेसा नै खेतीपाती थियो । लामाको घरपरिवारले मकैपछिको मुख्य बालीको रूपमा कोदोखेती गर्दै आएको थियो । उनी पनि कोदो रोप्न सिकिन्, वर्षेनी कोदो फलाउनमा उनको योगदान रहँदै आएको छ । 

कोदो रोप्दारोप्दै ६५ वर्ष उमेर पार गरेकी लामाले पहिलेझैं कोदो फल्न छाडेको बताउँछिन् । “पहिला त यो रासायनिक मल भनेको के हो ? थाहा पनि थिएन । घरमै कुखुरा, बाख्राको मल हाल्दा पनि थोरै जग्गामा धेरै उत्पादन हुन्थ्यो,” उनी भन्छिन्, “आज भोलि त रासायनिक मल नहाली खेती हुँदैन, उत्पादन पनि राम्रो हुँदैन ।” 

मकवानपुर जिल्लामा कुनै समय कोदो उत्पादनमा नेपालकै उत्कृष्ट जिल्ला भनेर परिचत थियो । तर पछिल्लो समयमा गाउँको उत्पादन गाउँमै नपुगेको मकवानपुर भीमफेदीका किसानको अनुभव छ । विगतमा एकातिर कोदोको महत्व घट्दै जानु र रासायनिक मलले माटोको उर्वराशक्तिमा ह्रास आएका कारण उत्पादन घट्न थालेको यस क्षेत्रका किसानको गुनासो छ । “केही वर्षअघि कोदोलाई बाँसले बनाएको भकारीमा राख्थौं तर अहिले हेर्ने हो भने कसैले अलिकति कोदो मागे भने पनि गाउँले भाषामा प्रयोग गर्दै त्यसको ओखती गर्ने पनि छैन,” भीमफेदी–५ छबेली कृषक समूहकी उपाध्यक्षसमेत रहेकी लामाको भनाइ छ। 

एकातिर माग बढिरहेको देखिन्छ तर उत्पादन भने मकवानपुरमा मात्र नभई देशभर नै घट्दो देखिन्छ । आर्थिक वर्ष २०७१/०७२ मा मुलुकभर दुुई लाख ६८ हजार पाँच सय क्षेत्रफलमा कोदो रोपिएकोमा तीन लाख ८४ हजार ८८ सय मेट्रिक टन उत्पादन भएको तथ्यांक छ । आव २०७७/०७८ मा दुुई लाख ६५ हजार ४ सय १ क्षेत्रफलमा तीन लाख २६ हजार ४ सय ४२ मेट्रिक टन उत्पादन भएको देखिन्छ । 

चाडपर्व तथा पर्वमा कोदो रक्सी चढाउने तथा अतिथि सत्कारमा समेत प्रयोग गर्ने प्रचलन छ । पछिल्लो समयमा कोदोको पौष्टिक महत्व बुझेर सहर बजारमा पनि कोदोको परिकार खाने प्रचलन बढेपछि उत्पादन वृद्धिलाई प्राथमिकतामा राख्न थालेको सरकारको भनाइ छ । 

नेपालमा पहिला उत्पादन वृद्धि हुनु र हालको समयमा उत्पादन घट्नुमा मुख्य कारण माटोमा रहेको प्राङ्गारिक (अर्गानिक) तत्व घट्बढ भएको वरिष्ठ कृषि विज्ञ छवि पौडेलले बताए । “पहिला रासायनिक मल प्रयोग नगर्दा माटोमा प्राङ्गारिक तत्व तीन प्रतिशत हुने गथ्र्यो, उत्पादनमा वृद्धि हुन्थ्यो, तर हाल माटोमा एक प्रतिशत प्राङ्गारिक तत्व रहेको छ, जसकारण उत्पादनमा भारी गिरावट आएको छ,” पौडेलले भने। 

कोदो नेपालको चौथो मुख्य बाली हो भने पहाडी क्षेत्रको मकै पछिको दोस्रो बाली हो । कोदो विशेषगरी पहाडी भागमा कम खर्चमा खेती गर्ने बालीको रूपमा चिनिन्छ । सरकारको प्राथमिकतामा पर्न छाड्नु र उत्पादन गर्न कृषकमा पनि उत्साह नआउनाले पनि उत्पादन घट्न थालेको सरोकारवालाको भनाइ छ । नेपाल सरकारले धान, गहुँ, मकै आदिजस्ता खेतीका लागि बीउबिजनमा अनुदान दिने गरेको तर अहिलेसम्म कोदोलाई अनुदान नदिएको राष्ट्रिय जिन बैंकका वरिष्ठ वैज्ञानिक कृष्ण घिमिरेको भनाइ छ । 

परम्परागत रूपमा कोदो ढिँडो, रोटी, रक्सी र पशु आहारमा प्रयोग हुने गरेको पाइन्छ । कोदोको ढिँडो कडा परिश्रम गर्ने श्रमजीवीका लागि परापूर्वकालदेखि उपयुक्त पौष्टिक आहारको रूपमा लिइँदै आइएको छ । चाडपर्व तथा पर्वमा कोदो रक्सी चढाउने तथा अतिथि सत्कारमा समेत प्रयोग गर्ने प्रचलन छ । पछिल्लो समयमा कोदोको पौष्टिक महत्व बुझेर सहर बजारमा पनि कोदोको परिकार खाने प्रचलन बढेपछि उत्पादन वृद्धिलाई प्राथमिकतामा राख्न थालेको सरकारको भनाइ छ । 

“रैथाने बाली प्रवद्र्धन कार्यक्रम भनेर स्थानीय तहहरूमा ससर्त वित्तीय हस्तारणमार्फत् कोदो उत्पादन हुने स्थानीय तहका लागि बजेट विनियोजन गरिँदै आइएको छ,” कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार संजेलले बताए । मुलुकलाई भोकमरीबाट जोगाउन पनि कोदोजस्ता बालीको प्रवद्र्धन जरुरी रहेको चर्चा गर्दै संजेलले सबैले यसको प्रवद्र्धनमा भूमिका खेल्नुपर्ने बताए । 

कुनै समयमा नेपालमा कोदोलाई गरिबको खाना भनेर चिनिन्थ्यो । उत्पादन कम हुनुको कारण कोदोको पौष्टिक महत्वबारे जनचेतना कम हुनु र कोदोबालीलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक हुँदा कोदोले पीछडा बालीको स्थान लिन थालेको कृषि विज्ञ डा. कृष्ण पौडेलेको भनाइ छ । “भाते बानीको संस्कृति मौलाउँदा हाम्रो गाउँ समाजमा कोदोलाई भान्छामा पनि कम महत्व दिने गरेको पाइन्छ तर खाद्य सुरक्षाको दृष्टिकोणले त झनै यो ज्यादै महत्वपूर्ण बाली हो,” पौडेलले बताए । 

मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानाको रूपमा समेत चित्रण गर्न थालिएको छ । कोदो उत्पादन गर्ने घरमा दिनभरि काम गर्दा खाजाको रूपमा किसानलाई कोदोको रोटी तथा अन्य कोदोको परिकार दिने परिचलन रहेको थियो । 

कोदोको महत्वलाई नबुझ्दा कोदो लोप हुन थालेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष तथा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् । महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्टस् (अनाज) ले संयुक्त रूपमा वर्षेनी कोदो दिवस मनाउन थालेका छन् । कोदो प्रवद्र्धन गर्न सरकारले नै कोदो दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउनु पर्ने महसंघका अध्यक्ष नवराज बस्नेतको भनाइ छ । 

मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानाको रूपमा समेत चित्रण गर्न थालिएको छ । कोदो उत्पादन गर्ने घरमा दिनभरि काम गर्दा खाजाको रूपमा किसानलाई कोदोको रोटी तथा अन्य कोदोको परिकार दिने परिचलन रहेको थियो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कोदोको मःमलगायतका परिकारको विकास गरेर कोदो प्रवद्र्धन गर्न थालेको छ । विभागकी वरिष्ठ अनुसन्धानकर्ता हुमाकुमारी बोखिमले कोदोको पौष्टिकता जोगाउँदै मःम बनाउन सकिने बताइन् । “आजभोलि त काठमाडौंका तारे होटलदेखि राजमार्गका रेस्टुराँ तथा रिसोर्ट र हिमाली क्षेत्रका होमस्टेमा कोदोको विभिन्न परिकार प्रयोग हुन थालेको छ,” उनले भनिन् । कोदोबाट बियरलगायत पेय पदार्थ पनि बनाउने गरिएको छ । 

पौष्टिक तत्वको खानी 

कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा आठ गुणा बढी क्याल्सियम पाइन्छ । धार्मिक हिसाबले पनि महत्वपूर्ण बाली हो कोदो । नेवार, गुरुङ, तामाङलगायतका जनजातिको पूजाआजा चाडपर्वमा यसको प्रयोग अनिवार्य छ । स्थानीय रूपमा तयार गरिएका शुद्ध जाँड तथा रक्सी धेरै नेपाली तथा विदेशीको रुचिको पेय पदार्थ पनि हो । त्यसैले कोदो मुख्य रूपमा घरेलु रक्सी बनाउन निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । 

कोदोमा आइरन बढी हुन्छ । त्यसैले रक्सीको मात्र नभएर खानाको रूपमा बढी उपभोग गर्न सकिन्छ । करिब १५ वर्षसम्म भण्डारण गरेर राख्न सकिन्छ कोदोलाई । पानी खासै आवश्यक नपर्ने हुनाले पाखो जमिनमा पनि यसको सहजै खेती गर्न सकिन्छ । सीमान्त जग्गामा खेती गरिने कोदो बालीले खाद्य तथा पोषण सुरक्षामा ठूलो योगदान पुग्दछ । कोदो क्याल्सियम र फस्फोरसको स्रोत भएकाले गर्भवती महिलाका लागि कोदो उत्तम भोजन मानिन्छ ।

कोदोखेती समुद्रबाट २३०० मिटर उचाइसम्म गर्न सकिन्छ । कोदोको पौष्टिक महत्व उच्च भएकाले यसबाट बन्ने विभिन्न परिकार होटेल तथा रेस्टुराँमा लोकप्रिय भइरहेका छन् । कोदो र मास २ः१ को अनुपातमा तयार पारिएको लिटो तथा कोदोबाट निर्मित माल्ट बच्चाहरूका लागि लाभकर मानिन्छ । यसमा पचनीय प्रोटिन नगण्य ०.२ प्रतिशत पाइन्छ ।

कोदोखेती समुद्रबाट २३०० मिटर उचाइसम्म गर्न सकिन्छ । कोदोको पौष्टिक महत्व उच्च भएकाले यसबाट बन्ने विभिन्न परिकार होटेल तथा रेस्टुराँमा लोकप्रिय भइरहेका छन् । कोदो र मास २ः१ को अनुपातमा तयार पारिएको लिटो तथा कोदोबाट निर्मित माल्ट बच्चाहरूका लागि लाभकर मानिन्छ । यसमा पचनीय प्रोटिन नगण्य ०.२ प्रतिशत पाइन्छ । कोदोको नल पशुका लागि पौष्टिक घाँस पनि हो । यो हरियो तथा सुकाएर दुवै अवस्थामा प्रयोग गर्न सकिन्छ ।

कोदोका हजार जात जिन बैंकमा

नेपालमा किसानहरूले कोदोको बीउबिजन प्रयोग गर्दा सिफारिस नभएका जात प्रयोग गर्ने प्रणाली रहेको छ । किसानले अर्को किसान अथवा छिमेकीमार्फत राखेको बीउ प्रयोग गर्ने गरिएको छ । कोदोमा करिब ९५ प्रतिशत अनौपाचारिक बीउबिजन प्रणाली रहेको बताइन्छ । नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार नेपालमा अनुसन्धानबाट ६ वटा कोदोका जात सिफारिस भएका छन् । उक्त जातहरूमध्ये तल्लो पहाडका लागि छुट्टै जात छन् भने मध्य पहाडका लागि ओश्ले एक, काभ्रे एक, काभ्रे दुई छन् । उच्च पहाड र हिमाली भागका लागि शैलुङ एक, कर्णाली क्षेत्रका लागि जुम्लाको रातो कोदो हुन् । नेपालमा रहेका कोदोका बीउ दोलखाको पहाडी बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्दै आएको छ । राष्ट्रिय जिन बैंकका वरिष्ठ वैज्ञानिक कृष्ण घिमिरेका अनुसार अनुसन्धान केन्द्रको जिन बैंकमा संरक्षण गरेर ६५ वटा जिल्लाबाट करिब एक हजार कोदोको जातहरू सुरक्षित राखिएका छन् ।

उत्पादन घट्दो, माग–आयात बढ्दो 

नेपालका ७७ वटै जिल्लामा कोदोखेती गरिन्छ । सबैभन्दा बढी खेती हुने जिल्लामा खोटाङ, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा, मकवानपुर र सिन्धुली पर्दछन् । सबैभन्दा थोरै क्षेत्रफलमा यसको खेती हुने जिल्लामा मनाङ र मुस्ताङ पर्दछन् । पछिल्ला वर्षका तथ्याङ्क हेर्दा आव २०७५/०७६ मा तीन लाख ६३ हजार २ सय ६१ हेक्टरमा तीन लाख १४ हजार २ सय २५ मेटन उत्पादन भएको देखिन्छ । त्यसैगरी २०७७/०७८ मा दुुई लाख ६५ हजार ४ सय १ क्षेत्रफलमा तीन लाख २६ हजार ४ सय ४२ मेटन उत्पादन भएको देखिन्छ । 

बढ्दो मागलाई पूर्ति गर्न कोदो आयात बढ्दो देखिन्छ । गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र सात करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको भन्सार विभागको तथ्याङ्क छ । २०७७/०७८ मा सात करोड २२ लाख रुपैयाँ बराबरको कोदो आयात भएको देखिन्छ । 

सरकारले चालू आर्थिक वर्ष २०७९/०८० लाई कृषि जैविक विविधता वर्ष मनाउन बजेटमार्फत घोषणा गरेको छ । आव २०७८/०७९ को बजेट वक्तव्यमा समेत तीन वर्षभित्र गहुँ, मकै, कोदो, फापरमा आत्मनिर्भर हुने विषय समेटिएको छ । नीतिअनुसार पालिका, प्रदेश र संघीय मन्त्रालयले पनि उत्तिकै प्राथमितामा राखेमा मात्र उत्पादन वृद्धि हुने विज्ञको भनाइ छ ।

नेपालमा कोदोको अनुसन्धान नै भएन

डा. छवि पौडेल
कृषि विज्ञ

कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । यसको खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्नबाली हो । केही वर्षअघि नेपालमा कोदोको परिकार बढी उपयोग हुने गथ्र्यो । साउनभर कोदो रोपेर किसानले कोदोको विभिन्न परिकार खाने महिना पनि हो । कुनैबेला नेपालले कोदो निर्यात गर्दै आएकोमा अहिले करोडौं आयात गर्नुपर्ने परिस्थिति आएको छ । नेपालमा भाते संस्कृति मौलाउँदै गयो, भात नै सबथोक हो भन्ने धारणा विकसित भयो । 

कोदो वातावरण र स्वास्थ्यका लागि फाइदाजनक भएको पाइन्छ । सरकारले कोदोमा अनुसन्धान नगर्दा कोदोको खेतीपाती हुने भूमि बाँझो छन् । हामीले भण्डारण गरेर राखेको पुुरानो बीउलाई समेत प्रयोगमा ल्याएर राम्रो उत्पादन गर्न सकिन्छ । धानलगायतका बालीको बीउ आयातमा पनि करोडौं बाहिरिरहेको अवस्थामा कोदो प्रवद्र्धन गर्दा बीउ आयात गर्दा खर्च हुने रकमसमेत बचत हुने देखिन्छ । अर्कोतिर कोदोको रक्सी उत्पादन गरी ब्रान्डिङ गरेमा निर्यातको सम्भावना छ । 

रैथानेबाली प्रवद्र्धनमा सरकार सकारात्मक बन्नुपर्छ

उद्धव अधिकारी
संयोजक, खाद्यका लागि कृषि अभियान

नेपालमा कोदो उत्पादन ओरालो लाग्नुको मुख्य तीन कारण छन् । प्रथम उत्पादित वस्तुले उचित बजार नपाउनुु, दोस्रो मानिसहरू नगदेबालीमा केन्द्रित भए र तेस्रो मानिसहरू सुख खोज्दै हिँड्दा कोदो उत्पादन हुने ठाउँ बाँझो भए । मानिसहरू काम गर्ने हिसाबले सजिलो तिर लागे र खाने हिसाबले मिठो तिर लागे । त्यसकारण परम्परागत रूपमा गर्दै आएको कोदो खेती छाड्ने प्रचलन बढ्यो । कोदो रोप्ने विशेषगरी बर्खायाम हो । यो साउने झरिमा मकैभित्र बाँसले निर्माण गरेको सेखु ओडेर बारी खन्न व्यस्त हुने युवा जमात प्रदेश तिर जाँदैछन् । 

सरकारले रेमिट्यान्सले देश धान्दै आएको छ । त्यसैले पनि कोदो उत्पादनमा न त सरकारको ध्यान छ न त नगरिकको ध्यान । सरकारले कोदोको अनुसन्धान नगरेर होला कोदो रोप्ने ठाउँका मानिसले अहिले पनि पुुरानै रैथाने बीउ प्रयोग गर्दै आएका छन् । सरकार देशका लागि घातक भयो किसानलाई प्राथमिकतामा राखेन । मानिसहरूको पहिलो आवश्यकता भनेको गास, बास, कपास हो । जसमध्ये गास नै अरुको देशसँग भर पर्नु परेको छ भने सरकारलाई अहिले पनि लाज लागेको छैन । ढिला नगरी तीनै तहका सरकारले पौष्टिक बाली कोदो प्रवद्र्धनमा सकारात्मक बन्नुपर्छ । 

(टक्सार म्यागजिन, भाद्र २०७९, पृष्ठ ४८ देखि ५०)