काठमाडौँको सितापाइलामा रोकेर राखिएको सेरेस थ्री ईभीमा आगलागी

काठमाडौँ । काठमाडौँको सितापाइलामा सडक छेउमा पार्किङमा राखिएको सेरेस ब्राण्डको विद्युतीय कारमा आगलागी भएको छ । बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको सेरेस थ्री ईभीमा आगो लागेको हो । अहिले कारमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि कारको अधिकांश भाग क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।