काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन वटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन उल्लंघन गरेको भन्दे बोर्डले सिप्ला सेक्यूरिटिज लिमिटेड, श्री कृष्ण सेक्यूरिटिज लिमिटेड र हातेमालो फाइनान्सियल सर्भिसेज् प्राइभेट लिमिटेडलाई कारबाही गरेको हो । बोर्डले ‘मनी लाउण्डरिङ्ग’ निवारण ऐनको व्यवस्था पालना नगरेकोले ती कम्पनीहरूलाई नगद जरिवाना गर्ने निर्णय गरेको हो ।
सिप्ला सेक्यूरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना गरेको छ भने श्री कृष्ण सेक्यूरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज्लाई ३०–३० लाख रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्