मौद्रिक नीतिको प्रभाव बजारमा, २४.८८ अंकले घट्यो नेप्से


काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको हो । यो कारोबार हालसम्मकै उच्च हो ।

आज नेप्से परिसूचक भने २४.८८ अंकले घटेर ३ हजार १५४ अंकमा रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.९० अंकले घटेर ५८९.२८ अंकमा रोकिएको छ ।
आज १३ ओटा उपसमूहमध्ये ३ ओटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका १० ओटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यसको आज १ अर्ब ५४ करोड ६ लाख ७८ हजार ८१५ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् ।

आज खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ३८ रुपैयाँले बढेर प्रतिकित्ता ४१८ रुपैयाँ ,जीवन विकास लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य २४२।५ रुपैयाँले बढेर प्रतिकित्ता २६६८ रुपैया, युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७७.७० रुपैयाँले बढेर प्रतिकित्ता ८५४.७० रुपैयाँ र आईसीएफसी फाइनान्स कम्पनीको ८९ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार २० रुपैयाँ पुगेको छ ।

आज कूल २२२ ओटा कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।