आईएमएफको सुरक्षित सम्पत्तिमाथि तालिबानकोे पहुँचमा रोक लगाइने


काठमाडौं । अमेरिकाले अन्तर्राष्ट्रिय मुद्रा कोषमा(आईएमएफ) ४६ करोड अमेरिकी डलर बराबरको सुरक्षित सम्पत्तिमा तालिबानको पहुँच हुन नदिने विकल्पमा विषयमा सोचिरहेको छ ।

न्युयोर्क टाइम्सलेअमेरिकी ट्रेजरी मन्त्रालयको स्रोतका आधारमा यस्तो जनाएको हो । अगस्टमा आईएमएफले वैश्विक महामारीबाट प्रभावित भएको अर्थतन्त्रमा सुधार ल्याउन ६५ अर्ब अमेरिकी डलर बराबरको कोष छुट्टयाएको थियो ।

सो कोषबाट अफगानिस्तानका लागि ४६ करोड अमेरिकी डलर छुट्टयाइएको थियो । यो विषयमाा आईएमएफले अगस्ट २३मा कार्यान्वयन गराउने निर्णय लिने भएको छ ।

ठिक यही बेला अमेरिकी प्रशासनले तालिबानको हातमा सो नगद पु¥याउनुपर्ने कामलाई निलम्बन गरेको छ । अमेरिकी सरकारले फेडरल रिजर्भ र अमेरिकी बैंकहरूबाट अफगानिस्तानलाई दिन भने छुट्टयाएको रकमलाई रोकेको वाल स्ट्रिट जरनलले जनाएको छ ।

अफगानिस्तानको केन्द्रीय बैंकका पूर्व गभर्नर अजमल अहमदीले देश बाहिर ९ अर्ब अमेरिकी डलर बराबरको सुरक्षित रकम रहेको बताए ।