कोइला आपूर्ति खुम्चिँदा भारतमा ऊर्जा संकट गहिरिँदै


काठमाडौं । भारतमा कोइलाको आपूर्ति खुम्चिँदा विश्वमै सबै भन्दा द्रुतगतिमा विस्तार भइरहेको भारतीय अर्थतन्त्रमा ऊर्जा संकट गहिरिने देखिएको छ ।

कोइलाबाट ऊर्जा उत्पादन गर्ने विद्युत उत्पादन केन्द्रमा आवश्यक पर्ने कोइलाको परिमाण ४ दिनका लागि मात्र बाँकी रहेको छ ।
कोइलाबाट ऊर्जा उत्पादन गर्ने केन्द्रहरू मध्ये आधाजति केन्द्रका लागि कोइलाको अभाव हुन लागेको छ ।

भारतको कुल बिजुलीमा करिब ७० प्रतिशत हिस्सा कोइलाबाट उत्पादित ऊर्जाको रहेको छ । चीन जस्तै भारतलाई पनि दुई महत्वपूर्ण चुनौतीको सामना गर्नुपरिरहेको देखिएको छ । बिजुलीको मागमा वृद्धि र कोरोनाभाइरसको बन्दाबन्दी पछि औद्योगिक गतिविधि बढ्ने समस्या रहेको औंल्याइएको छ ।

क्रेडिट रेटिङ गर्ने कम्पनी क्रिसिल लिमिटेडमा पूर्वाधारसम्बन्धी सल्लाहकार प्रणव मास्टरले भने “आपूर्ति पूर्णरूपमा सन्तुलित नभएसम्म ऊर्जाको अभाव हुनेछ । बढी बिजुलीका लागि उपभोक्तालाई बढी रकम तिर्नुपर्ने छ ।”

भारतको ऊर्जा क्षेत्रमा कोइलाको मौज्दात सेप्टेम्बरको अन्त्यतिर ८१ लाख टनमा झ-यो । यो गिरावट एक वर्ष अघिको तुलनामा करिब ७६ प्रतिशत रहेको सरकारी डेटाले जनाएको छ ।

सेप्टेम्बरमा भारतीय ऊर्जा विनिमय लिमिटेडमा प्रतिघन्टा एक किलोवाट ऊर्जाको मूल्य ४ रुपैयाँ ४० पैसा भारु पुगेको देखियो । यो ६३ प्रतिशत भन्दा बढीले देखियो ।