सांग्रिला डेभलपमेन्ट बैंक १० प्रतिशत लाभांश घोषणा गर्यो, बोनस सेयर कति ?


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलााई १० प्रतिशत लाभाशं घोषणा गरेको हो ।

बैंकको हिजो (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी १७ औं वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।