सेयरबजारमा उचारचढाव : कारोबार खुलेको १ घण्टामा ७२ अंकले बढ्यो


काठमाडौं । पछिल्लो केहि समयदेखि निरन्तर घट्दै आएको सेयरबजार आज पनि उकालो लागेको छ । सेयर मापक सुचक नेप्से परिसूचक आज कारोबार खुलेको १ घण्टामा ७२ अंकले बढेर २७४६.९८ अंकमा पुगेको थियो ।

बैंक तथा वित्तिय संस्थाहरुले धमाधम लाभांश वितरण गरिरहेको अवस्थामा पनि सेयरबजारमा भने निकै उचारचढाव आएको छ । ७२ अंकले बढेको बजार २६ घटेर ४६.४ अंकको वृद्धिसहित २७२३.२२ अंकमा थियो भने अहिले यो समाचार तयार पार्ने बेलासम्म फेरी बढेर ६१.९० अंकमा पुगेको थियो ।

मंगलबार सेयरबजारमा उचारचढाव आए पनि नेप्सेले यात्रा भने उकालो नै तय गरेको छ ।

अहिलेसम्म बेस्ट फाइनान्स कम्पनी र राधि विद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै सबैभन्दा धेरै एनआईसी एसियाको सेयर मूल्य घटेको छ । यो समाचार तयार गर्दा सम्म नबिल बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ भने नेप्सेमा अहिलेसम्म लगभग ३ अर्ब माथी कारोबार भएको छ ।