नेप्सेमा १९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


काठमाडौं । यही सातादेखि उकालो लागेको सेयर बजारले आज पनि निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १९ अंकले बढेको छ ।

भदौको दोस्रो साता देखि निरन्तर घट्दै आएको सेयर बजार यही सातादेखि भने निकै उतारचढाव आएपनि उकालो लागेको छ ।
राष्टबैंकको नयाँ नीति तथा बैंकहरुले निक्षेपमा व्याज बढाउनु साथै चाडबाडको समय भएकोले बजार तल झरेको र अब बजार पुनः लयमा फर्किएको लगानीकर्ता बताउँछन्

बुधबार नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.०३ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.४९ अंकले बढेर ५१६.५७ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमुह घटेका छन् भने ९ वटा उपसमुह बढेका छन् ।

आज सबैभन्दा धेरै जीवन बिमा समुह २.०६ प्रतिशत बढेको छ भने उत्पाद समुह र हाइडो समुह सबैभन्दा धेरै ०.६८ अंकले घटेका छन् ।

नेप्सेमा आज कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको ४३ करोड १९ लाख ३१ हजार ५ सय ३३ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा बेष्ट फाइनान्स लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

आज नेप्सेमा कुल २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ३९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।