एनआईसी एशिया लघुवित्तको नाफा १५० प्रतिशतले बढ्यो


काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ । आज संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार १५० प्रतिशतले बढेको हो ।

उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १५०.५१ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १५०.५१ प्रतिशतले बढेर ४८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १९ करोड ३३ लाख रूपैयाँमा सिमित रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १०३.१० प्रतिशतले बढेर ३५ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ र जगेडा कोषमा ९९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।सोही अवधीमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३०.२ गुणा रहेको छ ।