मध्य भोटेकोशी जलविद्युत्को आईपीओ शुक्रबार बाँडफाँड हुने


काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आईपीओ कात्तिक १२ गते शुक्रबार विहान ९ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमआई क्यापिटलको कार्यालयमा हुने भएको छ ।

कम्पनीले गत असोज २० गतेदेखि असोज २५ गते सम्म सर्वसाधारणका लागि प्राथमिक सेयर आइपीओ निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।