साताको कारोबारको अन्तिम दिन पनि दोहोरो अंकले बढ्यो नेप्से


काठमाडौं । साताको कारोबारको अन्तिम दिन आजपनि सेयरबजारले उकालो यात्रालााई निरन्तरता दिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १३ अंकले उकालो लागेको हो । यो साताको कारोबारको सुरुवाती दिन देखिनै सेयरबजारमा हरियाली छाएको छ ।

आज नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ अंकमा पुगेको छ । नेप्से ०.४७ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२०.९८ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।
नेप्सेका अनुसार आज कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड १९ लाख ५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज रिडी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.७९ प्रतिशतले घटेको छ ।

आज कूल २२२ वटा कम्पनीको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।