मुक्तिनाथ विकास बैंकले गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई १८.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

कात्तिक १२ गते शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष२०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीलाई कुल चुक्ता पुँजीको १७.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९२ प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यस वर्ष बैंकले अघिल्ला वर्षहरुमा बढि लाभांश घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्रै सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।