एनएमबी बैंकद्वारा लाभांश घोषणा, बोनस सेयर मात्रै कति ?


काठमाडौं । एनएमबी बैंक लिमिटेडले लभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित नाफाबाट आफ्ना सेयरधनीलाई १५.८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कात्तिक १२ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/०७८ को वितरण योग्य मुनाफाबाट हाल कायम रहेको कुल चुक्तपुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२.६६ रुपैयाँको १५.०८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमा १२.५ प्रतिशत बराबरको २ करोड ४ लाख ७ हजार ४५१.०६६ कित्ता बोनस सेयर र ३.३ प्रतिशत बराबरकोे ५३ करोड ८७ लाख ५६ हजार ७०८.१४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।