सुर्या लाइफ इन्स्योरेन्सले गर्‍यो १३ प्रतिशत लाभांश घोषणा


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनिलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

हिजो कार्तिक १३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश बिमा समितिले स्विकृत गरेपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्रै सेयरधनीले प्राप्त गर्ने जनाइएको छ ।