पहिलो त्रैमाससम्मा नबिल बैंकको खुद मुनाफामा सामान्य वृद्धि


काठमाडौं । नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद मुनाफामा सामान्य वृद्धि भएको छ । बैंकल प्रकाशित गरेको अपरिष्कृत वित्तिय विवरण समिक्षा अवधीमा बैंकको मुनाफामा सामान्य बृद्धि आएको देखिन्छ ।

उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.३९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत वर्ष पहिलो त्रैमास सम्ममा १ अर्ब ४८ करोड ३० लाख रुपैयाँ रहेको बैंकको संचालन मुनाफा अहिले सोही अवधीमा ७(१३ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि ४२.४१ प्रतिशतले बढेर २ अर्ब २४ करोड १५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड १९ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ र जगेडा कोषमा १५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

पहिलो त्रैमास सम्ममा बैंकको खुद नाफा बढेपनि वार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने ३२ रुपैयाँ १४ पैसाले घटेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ भने पिई रेसियो ४६.५१ गुणा रहेको छ ।