सिभिल बैंकको नाफामा छालाङ, खुद मुनाफा २९ करोड माथी


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा सिभिल बैंक लिमिटेडको खुद नाफामा उछाल आएको छ । गत पहिलो त्रैमाससम्ममा वर्ष ९ करोड ६६ लाख खुद मुनाफा रहेको बैंकको अहिले सोही अवधीमा २९ करोड १८ लाख रुपैयाँमा पुगेको छ ।

सिभिल बैंकले अघिल्लो वर्ष समिक्षा अवधिमा संचालन मुनाफा १३ करोड ८२ लाख रुपैयाँ रहेकोमा अहिले सोही अवधीमा बढेर ४२ करोड ६४ लाख पुगेको छ । त्यस्तै गत वर्ष समिक्षा अवधीमा ४९ करोड ७६ लाखमा रहेको खूद ब्याज आम्दानी रहेकोमा अहिले बढेर ७१ करोड ७ लाख पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ९२ अर्ब ७३ करोड बढी निक्षेप संकलन गरी ८१ अर्ब ९२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ८८ अर्ब ६३ करोड निक्षेप संकलन गरी ७९ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको थियो ।

पहिलो त्रैमासका लागि बैंकको वितरणयोग्य मुनाफा ६० करोड २८ लाख रहेको छ ।

नाफामा भएको उल्लेख्य बढोत्तरीसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ पनि छलाङको अवस्था देखिएको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म इपीएस ४.८३ रुपैयाँमा सीमित भएकोमा बढेर यो वर्ष १.।५१ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ १२६.८८ रुपैयाँ रहेको छ ।