ज्योति लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

हिजो कार्तिक १४ गते, आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्रै सेयर धनिलाई वितरण गरिने कम्पनीले जनाएको छ ।