आईपीओ जारी गर्दै अभियान लघुवित्त वित्तीय संस्था


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । हालै सम्पन्न दोस्रो वार्षिक साधारण सभाले सर्वसाधारणको लागि ९ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा संस्थाले नौ करोड ७५ लाख रुपैयाँ बराबरको नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने बताइएको छ । आईपीओ जारी पश्चात संस्थाको चुक्ता पुँजी २५ करोड पुग्नेछ । संस्थाले अहिले रेटिङको काम गराइरहेको जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।