रुसको विदेशी मुद्रा सञ्चिति ६ खर्ब २३ डलर, डलर सञ्चित गर्ने विश्वको पाँचाैं ठूलो


काठमाडौं । रुसको अन्तर्राष्ट्रिय सुरक्षणमा अभूतपूर्व वृद्धि भइ ६ खर्ब २३ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ ।

रुसको केन्द्रीय बैंकले जारी गरेको यो साताको सूचनामा यो सुरक्षण एक ऐतिहासिक सुरक्षण भएको उल्लेख गरिएको छ ।

गत अक्टोबर २९ मा समाप्त हुने सातामा रुसको अन्तर्राष्ट्रिय सुरक्षणमा १ अर्ब ६० करोड अमेरिकी डलरले वृद्धि भएको देखिएको छ ।

यो वृद्धिले अहिलेको बजेटरी नियम अन्तर्गत विदेशी मुद्रा खरिद क्षमता बढाउने केन्द्रीय बैंकले जनाएको छ । यो वर्षको सुरुदेखि अहिलेसम्म रुसको होल्डिङस्मा ७.५ प्रतिशतले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय सुरक्षण भनेको कुनै पनि देशको आपत्कालीन अवस्थामा चाहिने कोषको क्षमतालाई जनाउँछ । यसमा केन्द्रीय बैंकद्वारा नियन्त्रण हुने विदेशी सम्पत्तिको तरलता, कोष झिक्ने विशेष अधिकार (स्पेसल ड्रइङ राइट्स–एसडीआर) अन्तर्राष्ट्रिय मुद्रा कोषसँग रहेको सुरक्षणको अवस्था र विदेशी मुद्रा कोष समावेश हुन्छ ।

सन् २०१९मा रुसको केन्द्रीय बैंकले यो सुरक्षणको स्तर ५ खर्ब अमेरिकी डलर पु-याउने लक्ष्य लिएको थियो । यो थ्रेसहोल्ड कहिल्यै तय गरिएको थिएन ।

यसमा ४० अर्ब अमेरिकी डलर बराबरको वृद्धि सन्२०२०मा कोरोनाभाइरस वैश्विक महामारीको बाबजुत बढ्यो । विश्वमा सर्वाधिक विदेश मुद्रा सञ्चिति भएको देशहरूमा रुसले पाँचौं स्थान ओगटेको छ ।

केन्द्रीय बैंकको आधारमा रुसको बाह्य ऋण पनि बढेर गएको छ । गत अक्टोबर एक सम्म यो ४ खर्ब ९२ अर्ब २० करोड अमेरिकी डलर बराबर रहेको छ । यो ४.७ प्रतिशतले बढेको छ ।