नेरुडे लघुवित्तको खुद नाफामा उछाल, सबै सूचकमा चमक


काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण अनुसार खुद मुनाफा ३१६ प्रतिशतले बढेको छ ।

संस्थाले समीक्षा अवधिमा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१६.३२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत वर्ष कम्पनी संचालन मुनाफा १ करोड ८१ लाख रुपैयाँ रहेकोमा यस वर्ष सोही अवधीमा २७.९९ प्रतिशतले बढेर २ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा संस्थाले खुद ब्याज आम्दानी ७८.६६ प्रतिशतले बढाउन सफल भएको छ। गत वर्ष यही अवधिमा ९ करोड ६२ लाख रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर १७ करोड १९ लाख रुपैयाँ पुगेको छ।

गत वर्ष ४६ करोड ८० लाख कम्पनीको रिजर्भको आकार थियो भने यस वर्ष समिक्षा अवधिमा ५१.७९ प्रतिशतले बढेर ७१ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३८.५२ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३६.६५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २४३.८७ रुपैयाँ रहेको छ।