राष्ट्र बैंकको निर्देशनपछि मेगा बैंकको लाभांश संसोधन


काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश संसोधन गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले लाभांश संसोधन गरेर बोनस सेयर १० प्रतिशत र २.०७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

राष्ट्र बैंककै निर्देशनमा मेगा बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठक लाभांशमा संशोधन गर्दै हाल कायम चुक्तापुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७.६० रुपैयाँको कुल १२.०७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४९५.७६ रुपैयाँबराबरको बोनस सेयर र २.०७ प्रतिशतले हुन आउने ३० करोड ३३ लाख ५७ हजार ७७४.६२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

यसअघि बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।