आइतबार नेप्से परिसूचक दोहोर अंकले घट्यो


काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से ११.६० अंकले घटेर २७५७.५३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये २ वटा उपसमुह हरियो रहेको छ भने ११ ओटा उपसमुह राताम्ये बनेका छन् ।

आज नेप्सेमा कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको ५० करोड ९९ लाख ९२ हजार ३ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज नारायणी विकास बैंक र मानुषी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.२१ प्रतिशतले घटेको छ ।

आइतबार २२५ कम्पनीको ७८ लाख ९४ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।