महालक्ष्मी विकास बैंकल गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको संचित लाभांशबाट आफ्ना सेयरधनीलाई कुल चुक्तापुँजीको २१.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१ं.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
print sharing button