काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको हिजो मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
समितिले प्रस्ताव गरेको उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्