अन्तर्राष्ट्रिय मुद्रा कोष र नेपालबीच ४८ अर्ब नेपाली रुपैया बराबरको तीन वर्षे वित्तीय सम्झौता


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपालबीच ४० करोड अमेरिकी डलर हालको नेपाली रुपैयाको मूल्य आधारमा ४८ अर्ब करोड बराबरको तीन वर्षीय वित्तीय सम्झौता भएको छ । आईएमएफको नेपाल भ्रमणमा रहेको टोलीले १९ गते मंसिरमा नेपाल मिसनको अन्त्यमा यो सम्झौता गरेको हो ।

यो सम्झौता अनुसार उपलब्ध गराइने वित्तीय सहयोगले कोभिडले स्वास्थ्य तथा आर्थिक गतिविधिलाई पारेको असरलाई कम गर्न, कोभिडको असरबाट भयावह अवस्थामा पुगेको समूहको सुरक्षा गर्न र बृह्तअर्थतन्त्रलाई सुरक्षित गर्न तथा वित्तीय स्थायित्व कायम गर्न सहयोग गरिने छ । साथै यसले दीगो आर्थिक वृद्धि र गरिबी घटाउन सहयोग गर्ने छ ।

यस कार्यक्रम अन्तर्गत आम्दानी बलियो पार्न तथा सार्वजनिक खर्चको प्रभावकारी अभिवृद्धि गर्न , वितीय क्षेत्रको नियमन बलियो बनाउन , वित्तीय पारदर्शिताको सुपरिवेक्षण तथा सहयोग गर्नका साथै सुशान तथा भ्रष्टाचार विरोधी लडाइँका लागि सबै मापदण्ड बलियो पार्न यो सहयोगको उपयोग गरिने जनाइएको छ ।

आईएमएफको कर्मचारीस्तरीय गरिएको यो सम्झौतालाई आईएमएफको व्यवस्थाप तथा कार्यकारी बोर्डबाट आउने साताहरूमा अनुमोदन गराइने अपेक्षा गरिएको छ ।

रोबर्ट ग्रेगरी नेतृत्वको आईएमएफको नेतृत्वमा आएको टोलीले यो सम्झौतामा हस्ताक्षर गरेको हो । यो टोलीले अक्टोबर २० देखि २९, नोभेम्बर १७देखि १८ र नोभेम्बर ३०देखि डिसेम्बर २ तारिखमा गरेको नेपाल भ्रमणबाट छलफल गरी सहुलियत ऋण सहयोग विस्तार अन्तर्गत एक ३८ महिने कार्यक्रमका लागि यो सम्झौता गरेको हो ।