नेप्से ५३ अंकले घट्दा नेशलन हाइड्रोपावरको सार्वधिक कारोबार


काठमाडौं । साताको चौथो दिन सेयर बजार भारी अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ५३.१० अंकले घटेर २४५५.८१ अंकले अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक ९.३४ अंकले घटेर ४६४.७९ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार, विकास बैंक र फाइनान्स समूह घटेको छ ।
बुधबार कारोबार रकमका आघधारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड ८८ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । बैंकको सेयरमूल्य १.९४ प्रतिशतले बढेको छ ।

यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ८.५४ प्रतिशतले घटेको छ ।

कूल २२६ वटा कम्पनीको ६५ लाख ६० हजार ९ सय ४७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।