५ अंकले नेप्से घट्दा, हिमालय डिस्टिलरीको सर्वाधिक कारोबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेपछि पछिल्लो समय सेयर घट्दै आएको सेयरबजारले आज पनि निरन्तरता दिएको छ ।

बिहीबार नेपाल स्टक एक्चेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.४३ बढेर ४६५.२३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २ सय ५ रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज सीनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ४.५५ प्रतिशतले बढेको छ ।

यस दिन पनि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले नै सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ५.८२ प्रतिशतले घटेको छ ।

कूल २३१ वटा कम्पनीको ६२ लाख २३ हजार ७ सय २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।