सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त


काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पाण्डेलाई सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो।

समितिले पाण्डेलाई आउँदो माघ १२ गतेदेखि लागूहुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको रहने बैंकले जनाएको छ ।

बैंकका सीईओ भुवनकुमार दाहालको कार्यकाल आउँदो माघ ११ गतेबाट समाप्त हुँदैछ।