आईएमई लाइफ इन्स्योरेन्सका उत्कृष्ट अभिकर्ता सम्मानित


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता, कर्मचारी, एजेन्सी मेनेजर र शाखा लगायतलाई सम्मान गरेको छ । 

एक कार्यक्रमकाबीच बिजनेस एक्सिलेन्स अवार्ड २०२१ अवार्डले सम्मान गरिएको हो । कम्पनीले ‘ह्यान्ड इन ह्यान्ड फर एक्सिलेन्ट फ्युचर’ नाराकासाथ देशभरका २४ हजार ५ सय अभिकर्तामध्ये कर्पोरेट कलबमा पर्न सफल २ सय जनालाई सम्मान गरेको कम्पनीले जनाएको छ । 

अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ जना एमडीआरटी योग्य अभिकर्ता, उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरियो ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले इन्स्योरेन्स पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आईएमई लाइफ सधै तत्पर रहेको प्रतिवद्धता जनाउदै कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।  

कम्पनीका अध्यक्ष डा राम हरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पु-याएको बताए । संचालक अश्विीनी कुमार ठाकुरले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु-याउने सम्बन्धित सबै प्रति कृतज्ञता व्यक्त गर्दै बिमाको महत्व बारे चर्चा गरे ।