वातावरण र व्यवसाय परिवर्तन गर्दै प्रविधि


नेपाली बृहत शब्दकोशमा प्रविधिको परिभाषा दुई किसिमले गरिएको पाइन्छ–

१.  कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अँगालिने खास विधि वा प्रक्रिया, कुनै कुराको निर्माण गर्न वैज्ञानिक ढङ्गले काम गर्ने पद्धति, सिप, ढङ्ग वा कौशल, तकनिकी।।

२. खासखास शिल्पको हतौडी। अक्सफोर्ड डिक्सनरीमा टेक्नोलोजी शब्दको अर्थ अङ्ग्रेजीमा ‘दी एप्लिेकेसन अफ साइन्टिफिक नलेज फर प्राक्टिकल परपसेज इस्पेस्सिली इन इन्डस्ट्रिज’ नेपालीमा ‘व्यावहारिक उद्देश्यका लागि विशेषरूपमा उद्योगका लागि वैज्ञानिक ज्ञानको प्रयोग’ अनुवाद गरिँदा पनि प्रविधिको नेपाली बृहत शब्दकोशमा उल्लेख गरे जस्तै व्याख्या गर्न सकिन्छ।

नेपाली शब्दकोशमा प्रविधिको अर्थ प्रष्टयाउन प्रस्तुत उदाहरण– बूढा मरेपछि त्यो घरका मान्छेले जजमानी छोडे, किनभने छोराहरूलाई पुरेत्याइँ प्रविधि थाहा थिएन ।

विश्वको मानव इतिहासलाई अध्ययन गर्दा टेक्नोलोजी निरन्तर परिवर्तन भइआएको छ । परिवर्तन भइआएका प्रविधिहरूले इतिहासको कालखण्डमा कामदारहरूको काम गर्ने तरिकामा परिवर्तन ल्याइ दिने गरेको छ । मानव इतिहासको सुरुवाती चरणमा पाङ्ग्रा र दाँती भएका पाङ्ग्राको विकासले सामाजिक चरित्रले विकास गरेको पाइन्छ । पाङ्ग्राको विकासबाट मानिसले भारी एक ठाउँबाट अर्को ठाउँमा सहजै सार्न सक्ने भएका थिए । 

पछिल्लो चरणमा पहिलो औद्योगिक क्रान्तिदेखि अहिलेसम्मका प्रविधिको विकासले मानिसले गर्ने कामको तौरतरिका बदलिदिएको छ । अहिले सूचना प्रविधिको विकासले अभूतपूर्वमा मानिसले गर्ने कामकाजको तौरिका र जीवन शैलीमा परिवर्तन ल्याइदिएको छ ।

पुरेत्याइँ गदैै बूढा मरेपछि त्यो घरका जजमानी छोडेजस्तै पुराना प्रविधिको उपयोग त्यसैगरी चलनचल्तीबाट हराउँदै गएको छ । आधुनिक समयको प्रविधिले काम गर्ने सर्तहरूमा सुधार गरेको छ । यसले काम गर्ने वातावरणमा असर गरेको छ । पट्यारलाग्दो अवस्थामा परिवर्तन ल्याइदिएको छ । 

वातावरणीयरूपमा खेर जाने प्रक्रियामा परिवर्तन ल्याइदिएको छ । उत्पादकत्व बढाइ दिएको छ । जहाँ बसेर भए पनि सजिलै काम गर्ने वातावरणको विकास यसअघि हुन सकेको थिएन । आधुनिक समयमा प्रविधिले पहिलो महत्वूर्ण असर कामको गति र सक्षमता अभिृवृद्धि गरेको छ ।

गति र सक्षमता

टेक्नोलोजीले कामदारहरूको उत्पादकत्व क्षमतालाई यसअघि भन्दा भएको क्षमतामा धेरै बढाइदिएको छ । उत्पादनमूलक र सञ्चार क्षेत्र दुवैमा टेक्नोलोजीको असरले उत्पादनको दरलाई उल्लेख्य रूपमा बढाएको छ । यसले व्यवसायको गतिलाई बढाउँछ ।

कार्यस्थलमा टेक्नोलोजीको प्रयोगले कामदारहरूलाई बढी सक्षम बनाएको छ । पहिलेका मजदुरहरूले घन्टामा गर्ने काम टेक्नोलोजीको मद्दतले मिनेटमा गर्न सक्छन् । सन्देशहरू तत्काल विश्वको कुनै पनि कुनामा सहकर्मी वा ग्राहकलाई पठाउन सकिन्छ । तत्कालै भुक्तानी पनि गर्न सकिन्छ ।

मिलेर काम गर्न सहज

मिलेर काम गर्दा यसअघि कहिले सहज भएको नदेखिएको क्षेत्रमा टेक्नोलोजी सहज बनाएको छ । अनलाइन संवाद उपकरणले टाढा बसेर भए पनि मिलेर काम गर्ने अवस्था ल्याइदिएको छ । सहकर्मीहरू भौतिक रूपमा उपस्थित नभए पनि उनीहरूको सहयोग पाउने टेक्नोलोजी उपलब्ध छ । भिडियो सम्मेलनबाट बैठक बसेर टाढाको व्यक्ति बीचको सहमति कायम गराउन सकिने अवस्था आइपुगेको छ । गुगल ड्राइभ जस्ता क्लाउडमा आधारित फाइल सेयर गर्ने टेक्नोलोजी टुलको प्रयोग गरिन्छ ।

कम्पनीहरूले कार्यस्थल व्यवस्थापन उपकरणको उपयोग गर्छन । यसबाट टिमले गरेको कार्यप्रगतिबारे बेसक्याम्प जस्तै टुलको प्रयोग गरी निगरानी गर्न सक्छन् । उपभोक्तासँगको सम्बन्ध विकास गर्ने सेल्सफोर्स जस्ता टुलको उपयोग गरी बिक्री प्रवद्र्धन गर्छन् । यसका लागि स्वचालन प्रविधिको प्रयोग समग्र उपभोक्ता सेवा संवादलाई सामान्य एआई म्यासेजिङ टुलको उपयोग गर्न सकिन्छ ।

कार्यालय संस्कृतिमा परिवर्तन ल्याउँदै टेक्नोलोजी

टेक्नोलोजीले कार्यस्थलमा टाढाबाट काम गर्ने सहजता कामदारहरूलाई उपलब्ध गराएको छ । कम्पनीहरूलाई कामदारलाई कार्यालयमा राख्न थप प्रोत्साहनको व्यवस्था गर्नुपर्ने आवश्यकता हुन्छ । होइन भने कामदारहरू आफैमा कार्यालय हुन्छन् ।

वी वर्क जस्ता खुला कार्यालय (ओपन अफिस)हरू लोकप्रिय भइरहेका छन् । स्वतन्त्ररूपमा काम गर्नेहरूलाई विशेष किसिमको कार्यालय डिजाइन गरी दिनुपर्ने आवश्यकता हुँदैन । दूरसञ्चारका सुविधाहरू उपलब्ध भए कामदारहरूले घरबाट काम गर्न सक्छन् ।

काम गर्ने स्थलमा धेरैबेर बस्नु नपर्ने 

काम गर्ने ठाउँमा धेरै बेर बसिरहनुपर्ने आवश्यकताको नहुने अवस्था टेक्नोलोजीले सिर्जना दिएको छ । काम गर्ने धेरै अवस्था टाढा भएर बसेर काम गर्ने स्थिति सिर्जना हुन्छ ।

टिम अनलाइनमा सहभागीहरूलाई टाढाबाट काम गर्न सहज बनाएको छ । उही टेक्नोलोजीले  रोजगार खोज्नेलाई काम खोज्न र काममा लगाउन म्यानेजरहरूलाई प्रतिभावान उम्मेदारको खोजी गर्न सहज बनाएको छ । काम खोजी गर्नेहरूका लागि इन्टरनेटमा धेरै रोजगारहरूको जानकारी उपलब्ध हुन्छ । कम्पनीहरूले काम गर्ने उम्मेदवारको छनौट पनि त्यसै प्रविधिको प्रयोग गरी गर्ने गरेका छन् । 

हलुका अर्थतन्त्रमा टेक्नोलोजीको असर

स्वतन्त्ररूपमा काम गर्नेहरूले कार्यस्थललाई असर पारेका छन् । यसरी स्वतन्त्ररूपले काम गर्ने व्यक्तिहरूको प्रभावमा रहेको कार्यस्थललाई हलुका अर्थतन्त्रको रूपमा बुझिन्छ । आंशिक रूपमा काम गर्ने फ्रिलान्सरहरूले निर्माण गर्ने आर्थिक गतिविधिको हलुका अर्थतन्त्रलाई ‘गिग इकोनोमी’को रूपमा पनि बुझिन्छ । ‘उबर फर एक्स’ व्यवसाय मोडल बहुपक्षीय उद्योगहरूमा धेरै एपहरूबाट शक्तिकृत गरिएका छन् । यो अब परियोजना आधारित कार्यमा पहुँच कायम गर्न  सहज हुन थालेको छ । यसले श्रमिकको काम गर्ने घन्टामा लचकता ल्याउँछ ।

यो गिगिङ अर्थतन्त्रको विस्तार सन् २०२०सम्म ४० प्रतिशतले बढेको एक अनुमान छ । यो काम गर्ने र काम दाता दुवैका लागि कार्यान्वयनमा आएको छ । काममा लगाउने अनलाइनबाट, काम गर्ने अनलाइनबाट र कामको भुक्तानी अनलाइनबाट हुन्छ । 

तेस्रो पक्ष भुक्तानीको पेरोल प्लेटफर्म गुस्तो जस्ता चलनचल्तीमा रहेको छ । यसले साना व्यवसायलाई काम सुरु गर्न र व्यवस्थित गर्न सहज बनाएको छ । यसको कठिनाइ भनेको काम गर्ने कामदारको जवाफदेहीता वा उपलब्धतामाथिको नियन्त्रण नहुनु हो ।

टेक्नोलोजीले पीडा पनि बढाउँदै

टेक्नोलोजीले सबै राम्रो गर्छ भने होइन यसले समस्या पनि उत्पन्न गराउँछ । यसले कामदारहरूलाई पृथक राख्छ । यसले उनीहरूमा भ्रमपूर्ण संवाद उत्पन्न  हुन्छ । इमेलले उत्पादकत्वम  बाधा उत्पन्न गराउन सक्छ । स्वचालित भोइसमेलले उपभोक्तलाई दिक्क बनाउन सक्छ ।

पुराना केही विषय अझ राम्रा मानिन्छन् । एउटा कोठामा गयो र कुराकानी ग¥यो । कागज र कलमले विचारहरूबारे दिमाग लगाउने काम ग¥यो । दस्तावेज छापेर निकाल्यो र त्यसमा आवश्यक परितर्वन गर्नुपरे त्यसो गरियो । तर समग्रमा टेक्नोलोजीले कार्यस्थल र मानिसहरू तथा व्यवसायलाई पहिले भन्दा धेरै राम्ररी कुशलतापूर्वक जोडेको छ ।

कार्यबाट समस्यालाई टेक्नोलोजीले हटाउँदै 

काममा हुने समस्यालाई समाधान गरी हटाउने काम टेक्नोलोजीले गरेको छ । घरदेखि स्वतन्त्ररूपले काम गर्ने गिग इकोनोमीसम्म काम गर्नेहरूको समस्यालाई टेक्नोलोजीले समाधान गरिरहेको छ । काम गर्ने उपकरण कम्प्युटर गोजीमा लिएर हिँडन सक्ने अवस्था छ । यो सानो कम्प्युटरले काम गर्ने सबै  कठिनाइको समाधान उपलब्ध गराउँछ।

क्षमता तथा उत्पादकत्व घटाउँछ

टेक्नोलोजीले तीव्र गतिमा उत्पादकत्व बढाउँछ तर ज्यालाले त्यसलाई कायम राख्दैन । उही अवस्थामा उत्पादन निरन्तर बढोस् भन्ने अपेक्षाहरू हुन्छन् । निरन्तर एडभान्स टेक्नोलोजीको मद्दतको उपयोगले काम छरितो हुँदा पनि कामदारहरूको सेवामा सुविधामा वृद्धि नहुँदा यस्तो अवस्था हुन्छ । 

कार्यस्थलको भविष्यबारे यसले चिन्ता थपिरहेको छ । कार्यस्थलमा अहिले काममा लागेका व्यक्ति भोलि विस्थापित हुन सक्ने चिन्ता हो । काम गर्ने स्थलका कतिपय व्यक्तिहरू विस्थापित भइसकेका छन् । समग्र विभाग सानो एकाइको रूपमा वा एकजनाले सञ्चालन गर्ने विभागको रूपमा परिवर्तन हुनेछ ।

स्वस्थ्य बानीको विकास गर्न टेक्नोलोजीको प्रयोग 

टेक्नोलोजीले कार्यालयको वातावरणलाई आधारभूतरूपमा परिवर्तन गरिसकेको छ । हरेक परिवर्तन स्थायी हुँदैनन् । कार्यस्थलमा भएका नकारात्मक परिवर्तनलाई टेक्नोलोजीको माध्यमबाट हटाउने अवसर हुन्छ । कतिपयले तनाव र निद्रा नपुगेर डिप्रेसन जस्ता मानसिक रोग हटाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।

कम्पनीहरूले टेक्नोलोजीको प्रयोग स्वास्थ्य बानी र नकारात्मक बानी हटाउन प्रोत्साहन गर्न सक्छन् । उनीहरूले काम गर्ने कार्यस्थलको डिजाइन गर्न सक्छन् । समग्रमा टेक्नोलोजीका नकारात्मक प्रभावका कारण वा भनौं रोजगार खोजी रहेको चिन्तालाई व्यक्त गरी यसको अग्रगमनलाई रोक्न सकिने अवस्था छैन । 

टेक्नोलोजीको उपयोग गरी जसरी मानिसहरूले गर्ने घरपरिवारदेखि कम्पनी, उद्योगका कामहरूलाई परिवर्तन गरिँदै गएको छ । त्यसैगरी विश्वभरका मानिसहरूलाई आधारभूतरूपमा उनीहरूले पाउने खुशीको न्यूनतम हिस्सा सहजरूपमा पु¥याउने बाटो टेक्नोलोजी र यसका विकासकर्ताहरूले ध्यानदिनुपर्ने आग्रह सबैको हुनेमा शंका गर्ने ठाउँ भने छैन ।

टेक्नोलोजीले नेपाली बृहत शब्दकोशको उदाहरण ‘बूढा मरेपछि त्यो घरका मान्छेले जजमानी छोडे, किनभने छोराहरूलाई पुरेत्याइँ प्रविधि थाहा थिएन’ अवस्थामा क्रान्तिकारी रूपमा परिवर्तन गरिदिएको छ । विश्वभरि एकपटक जजमानलाई पुरोहितले पुजा गराउन सक्ने प्रविधिको विकास भइसकेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग तीन घन्टा लामो छलफल गरी अन्तर्राष्ट्रिय मुद्दाको छिनफानो गर्न सक्छन् भने पुरोहितले विश्वभरिका जजमानलाई पुजा गराएर दक्षिणा लिन नसक्ने कुरो भएन । 

(टक्सार म्यागजिन, मंसिर २०७८ मा प्रकाशित)