किसान लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

संस्थाको हिजो माघ ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत अर्थात् नौ करोड बयासी लाख दुई हजार एक सय चौरानब्बे रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।