छ्याङ्दी हाइड्रोपावरकाे हकप्रद सेयर आवेदन खुल्ला


काठमार्डौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आजदेखि आवेदन खुला गरिएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई आज (माघ) ११ गतेबाट १०ः३ को अनुपातमा हकप्रद सेयर खुला गरेको हो ।

कम्पनीले १०ः३ अर्थात चुक्तापुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको ३० प्रतिशत अर्थात् हुन आउने ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँबराबरको हकप्रद निष्कासन गरेको हो।

कम्पनीले १०० अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले उक्त हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमआई क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत पुस २१ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ गत पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो हकप्रदमा आवेदन दिन योग्य भएका छन् ।

यो हकप्रदमा नेपाल धितोपत्र बोर्डको इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद फागुन २ गते बैंकिङ समयसम्म तोकिएको छ।

उक्त हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ।