साताकाे अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि, बैंकको सेयर मूल्य ४.१४ प्रतिशतले घट्याे


काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३.३३ अंकले बढेर २७७९.९८ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक पनि ०.३८ अंकले बढेर ५१८.७२ अंकमा पुगेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ वटा उपसमुहको सेयरमूल्य राताम्ये भएको छ भने ७ वटा उपसमुहको सेयर मूल्य बढेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड २ लाख ६ सय ९७ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्ध भूमी नेपाल हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बैंकको सेयर मूल्य आज ४.१४ प्रतिशतले घटेको छ ।

कुल २२४ कम्पनीको ६६ लाख ७५ हजार २ सय ३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।