नेप्से दोहोरो अंकले घट्यो कारोबार रकम साढे ८ अर्ब माथि


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि ३.२६ अंकले घटेर ५३९.६४ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमुहमध्ये निर्जीबन विमा र हाइड्रोपावर उपसमुहको सेयर बढेको छ भने अन्य ११ वटा उपसमुहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ८२ करोड ७ लाख ३५ हजार ३ सय ३६ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्यमा आज पनि १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ भने बुद्धभुमी नेपाल हाइड्रो पावर लिमिटेडको सेयर मूल्य पनि सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आजको दिन आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ३.४९ प्रतिशतले घटेको छ ।

कुल २२४ कम्पनीको १ करोड ५ लाख ७८ हजार ७ सय १३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।