सीजी मोटोर्कपले ग्राहकको घरमै  दिने गाडी मर्मतको सेवा


काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजीे होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोर्कपले ग्राहकको घरमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील सुरु गरेको छ ।

सुजुकी ग्राहकले आफनो घरमै सवारी मर्मत गराउन सक्नुहुनेछ । कम्पनीका अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्य गर्ने जनाएको छ ।

सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठ अनुसार,“यो नया पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हामी हर्षित छौ । यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ । यो सुबिधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थान मा पुगी सेवा दिनेछ ।”

यो सेवा काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध छ र चाडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्ध हुने जनाएको छ ।