जाल्पा सामुदायिक लघुवित्तको आइपीओ पर्‍यो ? यसरी सजिलै हेर्नुहोस नतिजा


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ बाँडफाँड सम्पन्न भएको छ । संस्थाले उक्त साधारण सेयर आइपीओको बाँडफाँड आज अपरान्ह साढे ४ बजे टाइम्स स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडौँमा सम्पन्न गरेको छ।

माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर बिक्री खुला गरेको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २७ लाख ९ हजार ८ सय ५५ जनाले आवेदन दिएका थिए ।

जसमध्ये, २५ लाख ८७ हजार ४ सय १२ जना योग्य थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ४८ हजार ७ सय ९० जनाले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

यसरी हेर्नुहोस् रिजल्ट

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, प्रभु क्यापिटल लिमिटेडको वेभसाइट  https://www.prabhucapital.com/जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वेभसाइट (http://jalpamf.com/) र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।