हरियो मात्रै भएर बन्द भयो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको पहिलो दिन भारी अंकले घटेको बजार दोस्रो दिन भने झिनो अंकले बढेको छ । बजार खुलेसँगै उतारचाढाव आएको थियो भने नेप्से परिसूचक हरियो मात्रै बनेर कारोबार बन्द भएको छ ।

हिजो भारी अंकले घटेको बजार आज घटेपनि बजार बन्द हुने बेलामा भने हरियो देखिँदा अब बजार फर्किन्छ भने आशा पलाएको लगानीकर्ताहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.३६ अंकले घटेर ५११.३० अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।

सोमबार नेप्सेमा कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आज बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.१३ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.८५ प्रतिशतले घटेको छ ।

कूल २२७ वटा कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय १५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।