इमर्जिङ नेपालको आइपीओ बाँडफाँड, यसरी सजिलै हेर्नुहोस् नतिजा


काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आइपीओको आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले गत माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणको लागि साधारण सेयर बिक्री खुला गरेको थियो ।

बुधबार दिउँसो कर्निभल रेष्ट्रो काठमाडौमा आइपीओ बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक एनाआईसी एशिया क्यापिटलले जनाएको छ ।
गोलाप्रथाबाट बाँडफाँड गरिएको उक्त आइपीओ ५१ हजार ६ सय ६२ जना भाग्यमानीले १० कित्ताका दरले हात पारेका छन् ।

उक्त आइपीओमा २४ लाख १५ हजार ९ सय १९ जना आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा रु ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

यसरी सजिलै हेर्नुहोस् नतिजा

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।

रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको वेभसाइट (https://www.nicasiacapital.com/, इमर्जिङ नेपाल लिमिटेडको वेभसाइट  (https://emergingnep.com/)  र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।