दोहोरो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । विगत केही दिनदेखि ओरालो लागेको सेयरबजारले आज पनि निरन्तरता दिएको छ । बुधबार नेप्से परिसूचक सेयर बजार दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.२९ अंकले घटेर २५१४.६५ अंकमा पुगेको भने सेन्सेटिभ परिसूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार समूह घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १० करोड ५२ लाख २१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज माउन्टेन इनर्जीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.१० प्रतिशतले बढेको छ ।
यस दिन विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.७८ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।