रोकाकाे आठ नयाँ शोरुम थपिए, नेपालभर १५ शाेरूम 


काठमाडौं । बाथरुम सामग्री उत्पादन गर्ने ब्राण्ड रोकाले आठ नयाँ शोरुम स्थापना गरेको छ । कम्पनीले एक कार्यक्रमकाबीच सोमबार शाेरुमहरु उद्घाटन गरेको हो । 

सेनेटरीवेयर स्पेस र प्रिमियम बाथरूम सामग्री उत्पादनमा रोका विश्व चर्चित ब्राण्ड हाे । नेपालमा रोका बाथरूम प्रोडक्ट्स प्रा.लि. ले आयात तथा बजारीकरण गरिरहेको छ।

कम्पनीले नेपालका प्रमुख सहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा नयाँ शोरुम संचालनमा ल्याएको हो । नेपाल भ्रमणमा रहेका रोका ब्राण्डका निर्देशक केई रंगनाथनको उपस्थितिमा पाँच ब्राण्ड प्यारीवेयर र तीन वटा ब्राण्ड रोकाकोसमेत गरी आठ वटा शोरुम उद्घाटन गरिएको हो।

 “हामी हाम्रो पहुँच विस्तार गर्न र हाम्रो ब्रान्डको सफलतामा योगदान पु¥याउने नेपाली बजारमा बलियो उपस्थिति राख्न पाउँदा खुसी छौं,” उद्घाटन कार्यक्रम बोल्दै प्रबन्ध निर्देशक रंगनाथनले भने, “हाम्रा ग्राहकहरूको लागि सुविधाजनक र उत्कृष्ट अनुभव सुनिश्चित गर्दै उत्कृष्ट उत्पादनहरु बजारमा ल्याइरहनेछौं ।” 

रोकाको सह ब्राण्ड प्यारीवेयरको मात्र नेपालभर एक सय भन्दा बढी आउटलेटहरु रहेका छन् । ब्रान्ड प्यारीवेयरले मात्र नेपालमा २० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले जनाएको छ । 

विश्वको नम्बर १ बाथरूम सामग्री निर्माताका रुपमा चिनिएको रोका युरोपेली ब्राण्ड हो । विश्वभर १८० भन्दा बढी देशहरूमा रोकाले बजार विस्तार गरिसकेको छ।

कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन समेत नेपालमा भित्र्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ । हाल रोकाको नेपालभर १५ शोरुमहरु रहेका छन् । रोकाप्यारिवेयरले ले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनाहरूमा काम गरिरहेको जनाइएको छ। 

रोका कम्पनी सन् १९१७ बाट गाभा (बार्सिलोना) बाट निर्माण सुरु गरेको थियो । विश्वभर रोकाको ७८ उत्पादन प्लान्टहरू छन् ।