आजदेखि रिभर फल्सको आइपीओ निष्काशन, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?


काठमाडौं । रिभर फल्स पावर लिमिटेड कम्पनीको आइपीओ आजदेखि निष्काशन भएको छ । कम्पनीले आज वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरेको थियो ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले छिटोमा जेठ ४ गतेसम्म र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै मेरो सेयरबाट पनि आईपीओ भर्न सकिनेछ ।