एनआइसी एसिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त


काठमाडौं । एनआइसी एसिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका राठीलाई बैंकको सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुनेगरी डीसीईओमा नियुक्त गरेको हो ।

२०६४ मंसिर १९ गतेदेखि तत्कालीन बैैंक अफ एसिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकमा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् ।