दोहोरो अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १४ अंकले बढेको छ भने कारोबार रकम १ अर्बको आसपासमा रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्सेपरिसूचक १४.०६ अंकले बढेर २२३१.५७ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.४२ अंकले बढेर ४३५.०९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

कारोबार रकमका आधारमा अपर तामाकोशीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८ करोड ३४ लाख ८ हजार ७ सय ४७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्सेमा बलेफी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् कम्पनीको सेयरमूल्य ५.२९ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् कम्पनीको सेयरमूल्य ७.१३ प्रतिशतले घटेको छ ।

कुल २२६ कम्पनीको २६ लाख ९४ हजार ४ सय २९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९ सय ३९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।