सेबोन अध्यक्षलाई लगानीकर्ताले बुझाए १९ बुँदे मागसहित ज्ञापनपत्र


काठमाडौं । पुँजीबजारको सुधारका सेयर लगानीकताहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई ज्ञापन पत्र बुझाएका छन् ।

तिलक कोइरालाको नेतृत्वमा सोमबार (आजदेखि)आन्दोलन सुरु गरेका लगानीकर्ताहरुले सबैभन्दा पहिला बोर्डको अध्यक्षलाई १९ बुँदे माग समेटिएको घोषणापत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझेसँगै बोर्डका अध्यक्ष हमालले लगानीकर्ताको मागप्रति सकरात्मक रहनुका साथै माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हामी पुँजीबजार सुधारका लागि गम्भीरताका साथ लागिरहेका छौँ’, हमालले भने, ‘यति दिनमै तपाईहरुका माग पुरा गर्छु भनेर यकिन दिन त सक्दिन तर,आवश्यक कदम चालिरहेको र अन्य निकायहरुसँग पनि समन्वय गरेर छिटो भन्दा छिटो केही माग पुरा गर्ने छौं ।’

क्याबिनेटसँग सम्बन्धित मागहरूको बारेमा पनि सहकार्य गर्न बोर्डले यसअघि नै कार्य योजना तयार पारिसकेको उनले जानकारी दिएका छन् ।

सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित तिलक कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् ।