विद्युतीय सवारी साधनमा सरकारको भनाइ र गराई फरक: नाडा अध्यक्ष थापा


काठमाडौं । सरकारले २०० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलको अन्त शुल्क र भन्सार महसुलमा गरेको वृद्धिले यस्ता मोटरसाइलको कारेबारमा संलग्र व्यवसायीहरुले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको नाडाका अध्यक्ष धुव्रु थापाले बताए ।

आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेबाट विद्युतीय सवारी साधनमा वृद्धि गरिएको महसुल सम्बन्धमा गरिएको पत्रकार सम्मेलनमा सरकारले विद्युतीय सवारी साधनमा भनाइ र गराई फरक रहेको सभापति थापाले गुनासो गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माद्धारा प्रस्तुत बजेटमार्फत १०० किलोवाट भन्दा बढी क्षमताका विद्युतीय सवारी साधनको भन्सार तथा अन्त शुल्कमा लगाइएको र अत्यधिक कर वृद्धिलाई आफूहरुले विरोध गरेका सभापति थापाले जानकारी दिए ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले, सरकारले चार पाँग्रे सवारी साधनको आयात बन्द गर्यो, छलफल बिना नै आयात बन्द गर्नभन्दा पनि आर्र्कै विकल्प खोज्न सकिन्थ्यो, तर सरकारले त्यसतर्फ ध्यान नै नदिई आयातमा रोक लगायो । उनले भने, “६ महिनाका लागि क्रेडिट फ्यासिलिटीमा कम्पनीले गाडी ल्याउन दिन्छ, यसले विदेशी मुद्रा बाहिरिनबाट जोगिन्थ्यो, उपभोक्ता र व्यवसायीलाई पनि सहज हुन्थ्यो ।’’

उपाध्यक्ष श्रेष्ठले, १०० किलोवाटभन्दा माथिको विद्युतीय सवारीलाई विलासिताका वस्तुको सूचीमा राख्न नहुने बताएका छन् । उनले भने ’लामो दूरीका लागि क्षमता धेरै भएको गाडी हुनुपर्छ उक्त कर ठिक छैन् ।

त्यस्तै टु हुईलरका सभापति अभिक ज्योतिले इम्बोस्ड नम्बर प्लेटले नेपाली जनता ठगिने माध्यम मात्र भएको बताएका छन् । उनले भने, “इम्बोसड नम्बर प्लेट नयाँ सवारी खरिद गर्नसाथ जोड्नु पर्छ । सवारी खरिदपछि सामान्य नम्बर प्लेट र त्यसपछि इम्बोस्ड नम्बर जडान गर्दा दोब्बर खर्च हनुे भएको छ । ’’

सरकारले विदेशी मुद्राको सञ्चितिमा सुधार ल्याउन असार मसान्त सम्म निजी प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाएको र यसबाट विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा खासै असर पार्ने नदेखिएकोले यसको समाधानका लागि समेत सरकारलाई अनुरोध गरेको अभिक ज्योतिले जानकारी दिए ।

नेपालको भौगोलिक वातावरण अनुसार २०० सीसी भन्दा बढी क्षमता भएको मोटरसाइकलको आवाश्यकता रहेको र सरकारले गरेको आयात प्रतिबन्धले पर्यटकीय क्षेत्रमा ठूलो घाटा भएको ज्योतिको भनाइ छ ।