भारतमा जुलाईमा सार्वजनिक हुँदै बीएमडब्ल्यू जी ३१० १० आरआर, नेपालमा कहिले?


गणेश पाैडेल 

काठमाडाैं । चर्चित अटाे कम्पनी बीएमडब्ल्यूकाे टूह्वीलर बीएमडब्ल्यू ‘बीएमडब्ल्यू जी ३१० १० आरआर’ बाइक आगामी महिना भारतमा सार्वजनिक हुने भएकाे छ ।  

बीएमडब्ल्यू मोटोरार्ड इन्डिया लगायत अन्य एसियाली राष्ट्रहरुले  बीएमडब्ल्यू जी ३१० आरआरको बुकिङ खुला गर्न थालेका छन्। कम्पनीका अनुसार बीएमडब्ल्यू जी ३१० फुल्ली फेयर मोटरसाइकल भारतमा आधिकारिक रूपमा जुलाई २०२२ मा  सार्वजनिक हुनेछ । 

कम्पनीका अनुसार ग्राहकले बीएमडब्ल्यूको आधिकारिक शोरुम वा अनलाइनमार्फत यो मोटरसाइकल बुकिङ गर्न सक्नेछन् ।  यसै महिनाको सुरुवातमा बीएमडब्ल्यू मोटोरार्ड इन्डियाले फुल फेयर मोटरसाइकल बीएमडब्ल्यू जी ३१० आरआर को टिजर सार्वजानिक गरेको थियो । 

बीएमडब्ल्यू जी ३१० आरआर नेपाली बजारमा भने डिसेम्बर २०२२ मा सार्वजनिक हुने अपेक्षा गरिएकाे छ । सार्वजनिक टिजर अनुसार याे बाइक अपाचे आरआर ३१० सँग मिल्दोजुल्दो देखिन्छ । 

बीएमडब्ल्यू जी ३१० आरआरको को नेपालमा मूल्य करिव १२ लाख रुपैयाँ देखि १५ लाख सम्म हुने अपेक्षा गरिएकाे छ। नेपालमा बीएमडब्ल्यूकाे आधिकारिकआयातकर्ता तथा विक्रेता टर्क माेटर्स रहेकेा छ ।

बीएमडब्ल्यू जी ३१० आरआर  फोन कनेक्टिभिटी, ब्लुटुथ कनेक्टिभिटी, राइडिङ मोड, राइड बाई वायर थ्रोटल, एबिएस, र थप अल डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर सहित धेरै सुविधाहरूको साथ आउँनेछ । 

यसमा  एलईडी हेडलाइट, एलईडी टेल लाइटह, र एलईडी इन्डिकेटर पनि रहनेछ । राइडिङ मोडका अलावा यसमा डुअल च्यानल एबीएस पनि स्ट्याण्डर्डको रूपमा रहेको  छ । बाइकप्रेमीहरूका लागि याे बाइक प्रतिक्षाकाे विषय बनेकाे छ ।