दश माहिनामा १४१ जनाले लिए युवा स्वरोजगार कर्जा


काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म शिक्षित युवा स्वरोजगार कर्जा बैंक तथा वित्तीय संस्थाबाट १४१ जनाले लिएका छन् । सहुलियतपूर्ण कर्जाका लागि शिक्षित युवा स्वरोजगार कर्जा १५२ जनाले १० करोड ९ लाख ५३ हजार रुपैँया कर्जा स्विकृत भएको छ भने ७ करोड ७६ लाख २९ हजार रुपैँया बाँकी कर्जा रहेको राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकबाट १४१ जनाले ९ करोड ३६ लाख ५३ हजार रुपैँया सहुलियत पूर्ण शिक्षित युवा स्वरोजगार कर्जा पाएका छन् भने विकास बैंकबाट ११ जनाले लागि ७३ लाख रुपैँया कर्जा पाएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशबाट फर्केका युवा परियोजना कर्जा ९५५ जनाले लिएका छन् । राष्ट्र बैंकका अनु्सार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट ९५५ जनाले ७८ करोड ४ लाख १७ हजार रुपैँया कर्जा स्विकृत भएको छ ।

व्यवसायिक कृषि तथा पशुपन्छी सहुलियतपूर्ण कर्जा ६० हजार १६३ जनाले लिएका छन् । १ खर्ब ६२ अर्ब ९५ करोड ९२ लाख १४ हजार रुपैँया कर्जा स्विकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १५ अर्ब ७३ करोड ४१ लाख ६८ हजार ९७० रपैँया सहुलियत पूर्ण कर्जाका लागि कुल ब्याज अनुदान गरेको जनाएको छ ।

राष्ट्र बैंकले १० ओटा शिर्षकमा सहुलियतपुर्ण कर्जा प्रदान गर्दै आइराखेको छ ।