वर्गीकरण नगरि जग्गा धितो राखेर कर्जा नपाइने


काठमाडौं । जग्गा धितो राखेर कर्जा लिन नपाइने भएको छ । कृषि क्षेत्र र गैर कृषि क्षेत्र भनेर वर्गीकरण नगरेसम्म जग्गा धितो राखेर कर्जा नदिनको लागि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित निकालाई पत्राचार गरेको छ ।

मन्त्रालयले कृषि क्षेत्र र गैर कृषि क्षेत्र छुट्टाएर चार किल्ला नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो ।

स्थानीय भूउपयोग परिषद्ले निर्णय गरे बमोजिम स्थानीय तहले सिफारिस गरेपछि जग्गा खण्डिकरण गरी हक हस्तान्तरण हुने मन्त्रालयले जनाएको छ ।

मापदण्डका आधारमा कृषि क्षेत्र र गैर कृषि क्षेत्र तोकेपछि स्थानीय तहले सिफारिस गरेपछि कित्ताकाट हुने मन्त्रालयले जनाएको छ ।