सुनको मूल्य ४०० रुपैँयाले घट्यो


काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैँयाले घटेर ९७ हजार ३०० रुपैँयामा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ७०० रुपैँयामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैँया छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैँया थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैँयाले घटेर एक हजार २५५ रुपैँया तोकिएको महासङ्घले जनाएको छ ।